गुल्मी । गुल्मी जिल्लाको सदमुकाम तम्घासमा हुने तेस्रो पुलचोक कप २०७९ को तयारी पुरा भएको छ।
क्लबको आयोजनामा यही साउन ११ गते देखी १४ गते सम्म खुल्ला विद्यालय स्तरिय छात्रा फुटवल प्रतियोगिता हुन लागेको हो। सोही अवसरमा क्लबले आज पत्रकार सम्मेलन गरी खेलको टाइसेट सार्वजनिक गरेको हो।
खेलमा विभिन्न विद्यालयबाट १० टिम दर्ता भएको क्लबले जानकारी दिएको छ।
उद्धघाटनको पहिलो दिन महेन्द्र नमुना माध्यामिक विद्यालय र अर्जुन आवसिय माध्यामिक विद्यालय बिच खेल हुने क्बलका महासचिब प्रकाश मरासिनीले जानकारी दिए ।
क्लबले विगतका वर्षमा पनि छात्रा फुटवल प्रतियोगिता संचालन गर्दै आएको क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए ।
खेलाडीलाई खेलका नियमबारे जानकारी गराउदै लुम्बिनी प्रदेशमा छात्रहरुको फुटवल प्रतियोगिता भइरहेको तर छात्राहरुले भने अवसर नपाएको हुँदा उनीहरुलाई समावेश गराउने उदेश्यले खेलको आयोजना गरिएको पुलचोक क्लबका उपाध्यक्ष न्यौपानेले बताए ।
जिल्लामै पहिलो पटक महिलाहरुको ठूलो राशिको फुटबल प्रतियोगिता हुने भएको उनले बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समाचार तथा सन्देश प्रवाहमा पत्रकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
कार्यक्रमको प्रथम पुरस्कार नगद २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र , द्धितिय पुरस्कार नगद १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र दिइने क्लबले जनाएको छ । अन्य पुरस्कारमा हाइजेस्ट गोल स्कोरर, वेस्ट स्टाइगर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, इमर्जिङ्ग प्लेयर, फेयर प्ले अवार्डले खेलाडीलाई सम्मान गरिने बताइएको छ ।
पुलचोक युवा क्लबका अध्यक्ष मनोज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष नविन श्रेष्ठको रहेको थियो । कार्यक्रमको संचालन क्लबका महासचिब प्रकाश मरासिनीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology