Logo

२०८३, मंसिर ७गते


images
images

कलिवुड

अनमोलको बाटुलो जूनले कति कमायो ?

अनमोलको बाटुलो जूनले कति कमायो ?

images
  • अनमोलको बाटुलो जूनले कति कमायो ?
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर ६ गते आइतबारसम्मको चलचित्र कबड्डी ५ : फाइनल, पेन्सन पट्टा, बाटुलो जून, आ बाट आमा २, बा: एक योद्धा र पाँच पाण्डवको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।

    images
    images
    images

    जसअनुसार कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल’ ले ४ लाख २४ हजार ८९२ टिकट बिक्रीबाट १३ करोड २६ हजार आम्दानी गरेको छ । त्यस्तै भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६४ हजार ८०८ टिकट बिक्री गर्दै १० करोड ३६ लाख ८३ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ ।

    images
    images

    त्यस्तै कार्तिक २६ गतेबाट प्रदर्शनमा आएको अनमोल केसीको चलचित्र बाटुलो जूनले २ लाख ६९ हजार ५४४ टिकट बिक्री गर्दै ८ करोड ३५ लाख ३७ हजार कमाई गरेको छ ।

    images

    त्यसैगरी असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र 'आ बाट आमा २’ ले २ लाख ४३ हजार ८३६ टिकट बिक्रीबाट ७ करोड १८ हजार आम्दानी गरेको छ ।

    त्यस्तै कार्तिक २० गतेबाट प्रदर्शनमा आएको चलचित्र पाँच पाण्डवले १२ हजार ८९० टिकट बिक्रीबाट ४५ लाख १२ हजार आम्दानी गरेको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाटुलो जून
  • # अनमोल
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।