Logo

२०८३, मंसिर ६गते


images
images

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

images
  • मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
    images

    जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

    images
    images
    images

    प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार अपराह्न ४ बजेसम्मको समय दिएका थिए ।

    images
    images

    तोकिएको समयभित्र कुनै पनि दल वा प्रदेश सभा सदस्यले बहुमतको दाबी पेस गर्न नसकेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार बाराबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले यसबारे जानकारी दिएको हो ।

    images

    संवैधानिक व्यवस्थाअनुसार उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री यादवले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

    १०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालको सबैभन्दा बढी २७ सिट रहेको छ ।

    प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, नेकपा एमालेका २३, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।