Logo

२०८३, मंसिर ६गते


images
images

पाकिस्तान क्रिकेटको केन्द्रीय सम्झौतामा ३८ खेलाडी, रिजवान, शान मसुद र साइमन अयुब बाहिरिए

पाकिस्तान क्रिकेटको केन्द्रीय सम्झौतामा ३८ खेलाडी, रिजवान, शान मसुद र साइमन अयुब बाहिरिए

images
  • पाकिस्तान क्रिकेटको केन्द्रीय सम्झौतामा ३८ खेलाडी, रिजवान, शान मसुद र साइमन अयुब बाहिरिए
    images

    काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सन् २०२६–२७ का लागि सार्वजनिक गरेको केन्द्रीय खेलाडी सम्झौताबाट मोहम्मद रिजवान, शान मसुद र साइमन अयुब बाहिरिएका छन् । बोर्डले सार्वजनिक गरेको नयाँ सूचीमा ३८ खेलाडी समेटिएका छन्, जुन अघिल्लो सूचीभन्दा आठ जना बढी हो ।

    images
    images
    images

    नयाँ सम्झौतामा खेलाडीलाई खेल्ने प्रारूपका आधारमा पाँच समूहमा विभाजन गरिएको छ । सम्झौता सन् २०२६ जुलाईदेखि २०२७ जुनसम्म लागू हुनेछ । यसअघि खेलाडीहरूको सम्झौता सन् २०२६ जुनमा सकिएको थियो ।

    images
    images

    एबी समूहमा टेस्ट र एकदिवसीय खेल खेल्ने सलमान आगा र बाबर आजम रहेका छन् । ए समूहमा टेस्ट खेलाडी आजान अवैस, मोहम्मद अब्बास, सजिद खान र साउद सकिल छन् ।

    images

    त्यस्तै, बीसी समूहमा एकदिवसीय र टी–२० खेल्ने अबरार अहमद, अराफात मिन्हास, फखर जमान, फहिम अशरफ, हरिस रउफ र शाहिन शाह अफ्रिदी समेटिएका छन् । सी समूहमा टी–२० विशेषज्ञ हसन नवाज, माज सदाकत, सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान, शादाब खान र उस्मान तारिक रहेका छन् ।

    डी समूहमा विकास चरणका १९ युवा खेलाडी राखिएका छन् । यस समूहमा अब्दुल समद, अब्दुल्लाह फजल, अहमद दानियाल, अली रजा, फरहान युसुफ, हुनेन शाह, मोहम्मद ताहा, तैयब आरिफ, गाजी घोरी, इमरान रान्धावा, रजाउल्लाह, साद बैग, साद मसुद, समीर मिन्हास, साकिब खान, शहजैब खान, शामिल हुसेन, सुफियान मुकिम र उबैद शाह छन् ।

    नयाँ सम्झौताअनुसार एबी समूहका खेलाडीले मासिक ४८ लाख पाकिस्तानी रुपैयाँ पहिलो तहमा र ३८ लाख दोस्रो तहमा पाउनेछन् । ए समूहका खेलाडीको मासिक पारिश्रमिक क्रमशः ४० लाख र ३६ लाख रुपैयाँ हुनेछ । त्यस्तै, बीसी समूहले ३४ लाख र २६ लाख तथा सी समूहले २६ लाख र २० लाख रुपैयाँ पाउनेछन् । डी समूहका युवा खेलाडीको मासिक पारिश्रमिक १० लाख रुपैयाँ तोकिएको छ ।

    खेल शुल्क पनि समूहअनुसार फरक हुनेछ । ए समूहका खेलाडीले प्रत्येक टेस्ट खेलेबापत १५ लाख, एकदिवसीयका लागि ६ लाख ५० हजार र टी–२० का लागि ४ लाख ५० हजार पाकिस्तानी रुपैयाँ पाउनेछन् । एबी समूहका खेलाडीले टेस्टमा १५ लाख, एकदिवसीयमा ७ लाख ५० हजार र टी–२० मा ५ लाख रुपैयाँ पाउनेछन् ।

    बीसी समूहका खेलाडीले टेस्टमा ९ लाख, एकदिवसीयमा ७ लाख ५० हजार र टी–२० मा ५ लाख रुपैयाँ पाउनेछन् । सी समूहका खेलाडीले टेस्टमा ७ लाख, एकदिवसीयमा ५ लाख र टी–२० मा ५ लाख रुपैयाँ खेल शुल्क पाउने व्यवस्था गरिएको छ ।

    नयाँ संरचनामा खेलाडीलाई निश्चित प्रारूपमा सम्झौता गरिए पनि छनोटकर्ताले आवश्यकताअनुसार उनीहरूलाई जुनसुकै प्रारूपमा खेलाउन सक्नेछन् । यसअघि सबै समूहका खेलाडीको खेल शुल्क समान थियो । टेस्टमा १२ लाख ५० हजार, एकदिवसीयमा ६ लाख ५० हजार र टी–२० मा ४ लाख २० हजार रुपैयाँ दिइन्थ्यो ।

    पीसीबीले खेलाडीको प्रदर्शनका आधारमा अतिरिक्त पुरस्कारको व्यवस्थासमेत गरेको छ । उच्च वरीयताका टोलीलाई पराजित गर्दा बढी पुरस्कार दिइनेछ भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतियोगिताको उपाधि जिते खेलाडीले खेल शुल्कको ५०० प्रतिशत बराबर बोनस पाउनेछन् । पाकिस्तानले सन् २०१७ को च्याम्पियन्स ट्रफीपछि आईसीसीको उपाधि जित्न सकेको छैन ।

    नयाँ सम्झौताबाट बाहिरिएका अन्य खेलाडीमा हसन अली, अब्दुल्लाह सफिक, मोहम्मद हारिस, मोहम्मद नवाज, नोमान अली, हुसेन तलत, खुर्रम शहजाद, अब्बास अफ्रिदी र मोहम्मद वासिम जुनियर रहेका छन् ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।