देवदह । रुपन्देहीको देवदहमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । बुधबार बुद्ध सामुदायिक वन उपभोक्ता समूहको आयोजना र एञ्जल फाउण्डेसन शाखा कार्यालय कपिलवस्तुको सहयोगमा कार्यक्रम गरिएको हो ।
उपभोक्ता तथा सदस्यहरूलाई आधारभूत स्वास्थ्य सचेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वनका अध्यक्ष टेक बहादुर रानाले जानकारी दिए ।
सो अवसरमा मधुमेह, उच्च रक्तचाप, मुटु, पाइल्स र जलनको विषयमा एञ्जल फाउण्डेसन आयुष्मा भट्टराई र कृष्ण चौधरीले सहजीकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology