Logo

२०८३, मंसिर ६गते


images
images

काठमाडौं महानगरले माग्यो ४५ देखि ७५ वर्ष उमेरका स्वयंसेवक

काठमाडौं महानगरले माग्यो ४५ देखि ७५ वर्ष उमेरका स्वयंसेवक

images
  • काठमाडौं महानगरले माग्यो ४५ देखि ७५ वर्ष उमेरका स्वयंसेवक
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा काम गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकबाट आवेदन माग गरेको छ ।

    images
    images
    images

    महानगरपालिकाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, सहरी सौन्दर्यीकरण, सहकारी, विपद् व्यवस्थापन, साना तथा घरेलु उद्योग, खाद्य गुणस्तर, फोहोरमैला व्यवस्थापन, स्थानीय कर अभियान तथा आकाशे पानी सङ्कलन र उपयोगलगायत क्षेत्रमा स्वयंसेवक परिचालन गर्न लागेको हो ।

    images
    images

    महानगरले ४५ वर्ष उमेर पूरा भएका र ७५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिक, गैरआवासीय नेपाली तथा प्रचलित कानुनअनुसार अनुमति प्राप्त विदेशी नागरिकलाई स्वयंसेवकका लागि आवेदन दिन आग्रह गरेको छ ।

    images

    स्वयंसेवकहरूले अवैतनिक रूपमा स्वेच्छाले सेवा गर्नुपर्नेछ । इच्छुकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सक्ने महानगरले जनाएको छ ।

    आवेदन तथा थप जानकारी महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np मार्फत प्राप्त गर्न सकिने जानकारी दिएको छ । 

    images
    images
    images
    images
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।