काठमाडौं । कठिन आर्थिक तथा स्वास्थ्य समस्याबाट गुज्रिरहेका बलिवुड अभिनेता शरद कपूरलाई अभिनेता सलमान खान र सोनू सूदले सहयोग गरेका छन् ।
अखिल भारतीय सिने कामदार सङ्घले सलमानले शरदलाई आर्थिक सहयोग गरेको र सोनू सूदले भेटेर स्वास्थ्य उपचारमा सहयोग गर्ने र पुनः चलचित्र क्षेत्रमा काम गर्ने अवसरबारे छलफल गरेको बताएको छ ।
सङ्घले शरदको कठिन समयमा सहयोगका लागि अघि आएका दुवै अभिनेताको प्रशंसा गर्दै चलचित्र क्षेत्रका कलाकारले सुखदुःखमा एकअर्कालाई साथ दिनुपर्ने बताएको छ ।
हालै एक भिडियो मार्फत फिल्म जोश फेम अभिनेता कपुरले आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेको र आर्थिक संकटबाट गुज्रिरहेको खुलासा गरेका थिए । उनले बलिउड फिल्म उद्योगका वरिष्ठ कलाकार तथा सहकर्मीसँग आर्थिक, मानसिक र भावनात्मक सहयोग माग्दै आफू पुनः काममा फर्किएर आत्मनिर्भर बन्न चाहेको भन्दै उनले कामको अवसरसमेत उपलब्ध गराइदिन आग्रह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology