Logo

२०८३, श्रावण २७गते


images
images

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र साँवा फिर्ता

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र साँवा फिर्ता

images
  • मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र साँवा फिर्ता
    images
    images

    माधव ज्ञवाली, गुल्मी । मुक्तिनाथ विकास बैंकले बैंकको शाखा कार्यालय रिडिबाट लघु कर्जा लिएका सन्तमाया श्रेष्ठको मृत्यु  भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ।

    images
    images
    images

    बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम १३ हजार रुपैयाँ मिनाहा गरेको छ।

    images
    images
    images

    साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा  रु. २ लाख ७६ हजार ९ सय ९५ पैसा ,  काजक्रिया खर्च बापतको रकम र तिर्न बाकी ब्याज  गरी जम्मा ३ लाख ३८ हजार ४२ रुपैयाँ ८५ पिसा दिएको छ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँपालिका वडा न.१ कि श्रेष्ठ वि.स २०७१ भाद्र १४ मा बैंकको लघु बैंकिङ सदस्यको रुपमा आबद्ध थिइन् ।  उनले वि.स २०७७ कार्तिक ५ गते उक्त कर्जा लिएकि थिइन्, उनको वि.स २०७८ चैत्र ३० गते निधन भएको थियो।

    बैंकको रिडि शाखाका शाखा प्रमुख मेघराज ज्ञवालीले बैंकको कार्यालयमा एक कार्यक्रमका बिच मृतकको परिवारलाई सो रकम हस्तान्तरण गरिएको बताए।

    बैंकले समुहमा आवद्ध र विनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाह गर्ने गरेको छ। साथै भुक्तानी गरिसकेको सावा ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।