देवदह । तिहारको अवसरमा देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा अन्तरसदनात्मक रङ्गोली प्रतियोगिता सम्पन्न भएको छ । २०८३ कात्तिक २० गते आयोजित प्रतियोगितामा जुनियर र सिनियर गरी दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगिताको जुनियरतर्फ निलो सदन (ब्लु हाउस) प्रथम भएको छ । निलो सदनबाट रचना थापा, सोनिया मगर, वर्षा चापागाईं, प्रतीक्षा थारु र अनुष्का पाण्डे सहभागी थिए ।
त्यस्तै, सिनियरतर्फ पहेँलो सदन (एलो हाउस) प्रथम भएको छ । पहेँलो सदनबाट पूर्णिमा परियार, खुसी राना, प्राप्ति बस्नेत, सुदिक्षा बस्नेत र अनुसरा पौडेल सहभागी थिए ।
विद्यालयको सुनौलो बालक्लबको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता आयुष उपाध्यायले गरेका थिए । विद्यालयका सहप्राचार्य मनबहादुर क्षेत्री प्रमुख अतिथि रहेको कार्यक्रममा दीपिका लामिछाने र अनिशा गैरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम सञ्चालन उज्ज्वल थापाले गरेका थिए ।
प्रतियोगिताले विद्यार्थीमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै तिहारको सांस्कृतिक महत्त्व र मौलिक परम्पराप्रति रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology