देवदह । देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा सुनौलो बाल क्लब र देवदह साहित्य क्लब गठन गरिएको छ । शैक्षिक सत्र २०८३ का लागि आज विभिन्न क्रियाकलापहरू सञ्चालन गर्ने गरी क्लबहरू गठन गरिएको विद्यालयका संयोजक सोनिया खनालले जानकारी दिइन् । क्लवमा कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको खनालले बताइन् ।
गठन पश्चात क्लबका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयका प्राचार्य मनोज कुमार गैरेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा क्लबहरुबाट सुरु हुने नेतृत्वले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
नवगठित १९ सदस्सिय सुनौलो बालको अध्यक्षमा आयुष उपाध्याय, उपाध्यक्षमा प्रतिमा ज्ञवाली, सचिवमा उज्जवल थापा, सहसचिवमा उज्ज्वल काफ्ले र कोषाध्यक्षमा अर्पण कुँवर रहेका छन् । त्यसैगरी सदस्यहरुमा गुराँस केसी, यसराज अधिकारी, सत्यम अर्याल, जीवन पाण्डे, रितिशाह जिसी लगाएत रहेका छन् ।
यसैगरी लक्ष्मी तिवारीको अध्यक्षतामा गठित देवदह साहित्य क्लबको उपाध्यक्षमा शिशिर काफ्ले, सचिवमा शुभम पाण्डे, सह सचिवमा निशिका न्यौपाने र कोषाध्यक्षमा प्रतिषा बोहरा रहेका छन् । यसैगरी सदस्यहरुमा अश्री तिमिल्सिना, विपिन पाण्डे, प्रतिक शर्मा, सदस्य रचना थापा, अनुप परियार, स्वस्ति भुसाल लगाएत रहेका छन् ।
साथै विद्यालयमा नियमित गठन हुने रातो, निलो, हरियो, पहेँलो सदनहरू समेत विभाजन गर्ने काम सम्पन्न भएको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology