Logo

२०८३, कार्तिक २४गते


images
images

शान्ति पोस्टर प्रतियोगितामा देवदह बुद्ध पब्लिककी जेसा राना मगर प्रथम

शान्ति पोस्टर प्रतियोगितामा देवदह बुद्ध पब्लिककी जेसा राना मगर प्रथम

images
  • शान्ति पोस्टर प्रतियोगितामा  देवदह बुद्ध पब्लिककी जेसा राना मगर प्रथम
    images

    देवदह । लायन्स क्लब अफ देवदह पाकरी वृक्षको आयोजनामा भएको शान्ति पोस्टर प्रतियोगितामा देवदह बुद्ध पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलकी जेसा राना मगर प्रथम भएकी छन् ।

    images
    images
    images

    बुधवार भएको प्रतियोगितामा एसियन लाइट इङ्ग्लिस बोर्डिङ स्कुलकी जिनिशा घर्ती मगर द्वितीय र सगरमाथा इङ्ग्लिस बोर्डिङ स्कुलकी कामना राई तृतीय भएको क्लबका अध्यक्ष बिनिता श्रीसले जानकारी दिइन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै लायन्स क्लबका एमजेएफ पुरुषोत्तम भक्त प्रधानाङ्गले शान्ति पोस्टर प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने सिर्जनात्मक प्रतियोगिता भएको उल्लेख गर्दै यसले बालबालिका तथा विद्यार्थीहरूमा शान्ति, सद्भाव, विश्वबन्धुत्व र सकारात्मक सोचको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    images
    images

    उनले विद्यार्थीहरूको क्षमता, कल्पनाशक्ति र सिर्जनशीलताको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा उजागर गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।

    देवदहका ७ वटा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिताको निर्णायकमा कलाकारहरु दशरथ कुमाल र सागर कुमाल रहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।