काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल वर्षाका कारण रद्द भएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारी वर्षाका कारण पानी जमेर मैदान खेल्न अयोग्य भएपछि टससमेत हुन नसकी खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् ।
अंक बाँडेसँगै लुम्बिनी लायन्स तीन अंकसहित दोस्रो स्थानमा पुगेको छ भने समान तीन अंक रहेको चितवन राइनोज तेस्रो स्थानमा उक्लिएको छ ।
आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच अर्को खेल हुने तालिका छ । वर्षाका कारण मैदानमा समेत पानी जमेकाले खेल हुने सम्भावना भने निकै कम रहेको छ । क्यानले साँझ ५ बजेदेखि हुने तालिका रहेको यो खेल ७: ४० बजेसम्म मैदान खेल्न योग्य भएमा ५-५ ओभरको हुने क्यानले बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology