काठमाडौं । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौँले १९.३ ओभरमा अल आउट हुदै ११५ रन बनाएको हो ।
काठमाडौँका लागि भिम सार्कीले सर्बाधिक ३३ रन बनाएका थिए भने रशिद खानले १७ र समित पटेलले १३ रन बनाएका थिए । त्यस्तै समित महर्जनले १० रन बनाएका थिए ।
त्यसैगरी जनकपुर बोल्ट्सका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १८ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै सैफ हसनले २ विकेट लिए भने हरमित सिंह, मोइन अली र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology