Logo

२०८३, कार्तिक १५गते


images
images

मेची-महाकाली साइकल यात्रा

भोटेकोशी बाढीका मृतकहरूको स्मृतिमा सुरु गरिएको मेची-महाकाली साइकल यात्रा लुम्बिनीमा

भोटेकोशी बाढीका मृतकहरूको स्मृतिमा सुरु गरिएको मेची-महाकाली साइकल यात्रा लुम्बिनीमा

images
  • भोटेकोशी बाढीका मृतकहरूको स्मृतिमा सुरु गरिएको मेची-महाकाली साइकल यात्रा लुम्बिनीमा
    images
    images

    पश्चिम नवलपरासी । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा साइकलिस्ट रवीन्द्र महर्जनले सुरु गरेको मेची-महाकाली साइकल यात्रा लुम्बिनी प्रदेशमा आइपुगेको छ । गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा अप्रत्याशित रूपमा आएको भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाहरुको महर्जनले साइकल यात्रा सुरु गरेका थिए । 

    images
    images
    images

    ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६, सिद्धिपुर निवासी महर्जनले साइकल यात्रामार्फत देशका प्रमुख पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत  टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    इकल यात्री महर्जनलाई स्वागत गर्दै साइकलिस्ट एवं पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको स्मृतिमा शोकलाई शक्तिमा बदल्दै यसरी मेची-महाकाली यात्रामा निस्कनु अत्यन्त प्रशंसनीय कार्य भएको बताए ।

    images
    images
    images

    शनिबार लुम्बिनी प्रदेशको कपिलवस्तु पुगेभएका साइकल यात्री महर्जनले यात्राले पर्यावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुर्याउने बताए । 

    कार्तिक ९ गते झापाको भद्रपुर नगरपालिकास्थित मेची पुलबाट सुरु गरिएको यात्रा आगामी कात्तिक १७ गते महाकाली पुगेर समापन गर्ने लक्ष्य रहेको महर्जनले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।