Logo

२०८३, कार्तिक ११गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढी : प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण

भोटेकोशी बाढी : प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण

images
  • भोटेकोशी बाढी : प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण
    images
    images

    काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरपरिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ ।

    images
    images
    images

    विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो । रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारले राहत पाएका छन्।

    images
    images
    images

    तथ्याङ्क प्रमाणीकरण हुन बाँकी करिब १ हजार ४०० घरपरिवारलाई पनि तीन दिनभित्र राहत वितरण गरिसक्ने सरकारको तयारी छ ।

    images
    images
    images

    गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले प्रभावित घरपरिवारको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

    रेडक्रससहित अन्य विकास साझेदारले पनि नगद सहयोग गर्न चाहेकाले दोहोरो सहायता नपर्ने र कुनै पनि प्रभावित परिवार नछुट्ने गरी राहत वितरण गर्न सरकारले स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    यसैबीच, बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनका लागि पनि काम तीव्र पारिएको सरकारले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।