कृष्ण अन्जान, गुल्मी । गाउँभरिबाट जम्मा भएका एक हुल मान्छेहरु वडा कार्यालय खुल्दा नखुल्दै कार्यालय परिशरमा जम्मा भईसकेका थिए ।
जम्मा भएका सबैले भन्ने मनकाे एउटै पीडा र व्यथा थियाे गाउँमा बढेकाे बाँदर आतंक ।
रुरुक्षेत्र गाउँपालिका ३ को ठुलै समुहले वडाअध्यक्ष शेषनारायण पौडेललाई भेटेर बाँदरले दिएकाे दुख र आतंक बारे जानकारी गराएपछि वडा कार्यालयले वडावासीलाई राखेर अन्तरक्रिया गरेकाे छ ।
"गाउँघरमा बाँदरले मच्चाएको आतँकले आजित भएपछि गुहार माग्न वडा कार्यलयमा पुगेका हौँ" रुरुक्षेत्र ३ फेकलदिका लेखनाथ गौतमले भने ।
"हुनपनि हैरानै भाे बारीमा पसेर सर्वस्व पार्याे, मकै खाएर साेत्र्यान पार्याे, केही राखेन आजित भईयाे मरे लखेट्न सकिएन" गौतमले उनले थपे ।
वडाले राखेको अन्तरकृया पछि साविक थानपति गाउँ विकास समिति र सँघिय सँरचना पछिकाे रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ का विभिन्न टाेलहरु छुट्ट्याएर बाँदर लखेट्न खेताला राख्ने निर्णय गरिएकाे छ ।
वडाकाे झमादी वखल ढुँगा, पएग पानिटँकि काेट, वसन्त पाेखरी, माझगाउँ खाेरबारी पाेखरा, स्यालपाेखरी क्षेत्र र गौतमटाेल फेकलदि क्षेत्रमा खेतालाेकाे व्यवस्थापन गरि बाँदर लखेट्ने काम शुरु गरिन लागेकाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेष नारायण पौडेलले जानकारी दिए ।
"वडाकाे बजेटबाट पारिश्रमिककाे व्यवस्थापन गरि बाँदर लखेट्ने कामदार परिचालन गर्ने तयारी गरेका छौँ । साउन र भदौभरि यसरी बाँदर लखेट्ने व्यक्ति परिचालन हुनेछन" उनले भने ।
बाँदर लखेट्नेकामसँगै बाँदर बस्ने आश्रय स्थलकाे रुपमा रहेका घर नजिकका झाडि फाँड्ने, रुखका हाँगा फाँडेर बाँदरले आश्रय लिन नसक्ने बनाउन पनि सर्वसाधारणलाई वडाध्यक्ष पौडेलले आग्रह गरेका छन ।
रुरुक्षेत्रकाे थाेर्गा गाउँमा विगत केही वर्ष देखि अत्यधिकमात्रामा बाँदरका हुल आएर बालिनालि नष्ट पारे पछि किसानहरु वडामा कार्यालयको सहारा लिएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology