Logo

२०८३, कार्तिक ३गते


images
images

साउदी अरबमा हेलिकोप्टर दुर्घटना, चालक दलका दुई सदस्यको मृत्यु

साउदी अरबमा हेलिकोप्टर दुर्घटना, चालक दलका दुई सदस्यको मृत्यु

images
  • साउदी अरबमा हेलिकोप्टर दुर्घटना, चालक दलका दुई सदस्यको मृत्यु
    images
    images

    काठमाडौँ । साउदी अरबको नजरान क्षेत्रमा प्राविधिक खराबीका कारण एएच–६आई हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।

    images
    images
    images

    साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले आइतबार दुर्घटनाको पुष्टि गरेका हुन् । यमनका हुथी समूहले शनिबार साउदीको अपाचे हेलिकोप्टर खसालेको दाबी गरे पनि साउदी पक्षले त्यसको खण्डन गरेको छ ।

    images
    images
    images

    पछिल्ला साताहरूमा हुथी समूहले साउदी अरबमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र पारेपछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । साउदी अरबले शनिबार पनि ड्रोन आक्रमणको नयाँ लहर विफल पारेको जनाएको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले साउदी अरबको सुरक्षाका लागि आवश्यक कदम चाल्न आफ्नो देश तयार रहेको बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।