Logo

२०८३, कार्तिक ३गते


images
images

करदाता प्रोत्साहन कार्यक्रमका विजेता सार्वजनिक

करदाता प्रोत्साहन कार्यक्रमका विजेता सार्वजनिक

images
  • करदाता प्रोत्साहन कार्यक्रमका विजेता सार्वजनिक
    images
    images

    काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मका १७ जना विजेताको कुपन नम्बर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    विभागका अनुसार १६ जना विजेताले जनही एक लाख रुपैयाँ र एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । कर कट्टीपछि नियमित विजेताले जनही ७५ हजार रुपैयाँ र बम्पर विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    images
    images
    images

    यसपटक तीन हजार रुपैयाँको कपडा खरिद गर्ने एक जना उपभोक्ता बम्पर पुरस्कारका लागि छनोट भएका छन् । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी हुन् ।

    images
    images
    images

    लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको घोषणा गरेका थिए । कार्यक्रममा सहभागी उपभोक्ताले अनलाइनमार्फत आफ्नो बिल वा कुपनको विवरण जाँच गरी नतिजा हेर्न सक्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।