Logo

२०८३, कार्तिक ३गते


images
images

कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने

कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने

images
  • कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देश बाढीपहिरोका कारण शोकमा रहेकाले कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

    images
    images
    images

    कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोटेकोशीमा आएको बाढीले १ हजार ४०० भन्दा बढीको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत जनधनको क्षति पुर्‍याएकोले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान स्थगित गरिएको हो ।

    images
    images
    images

    बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान र आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले चियापान समारोह सुरु गरेका थिए । त्यसयता केही वर्षबाहेक कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ।

    images
    images
    images

    कांग्रेस सभापति गगनकुमार थापाले शोकको घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।