Logo

२०८३, कार्तिक ३गते


images
images

भारतको कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु

भारतको कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु

images
  • भारतको कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको पश्चिम बङ्गालस्थित कोलकातामा शनिबार साँझ दुर्गा पूजा पण्डालमा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् । घटनामा २५ जना घाइते भएको विवरणमा उल्लेख छ ।

    images
    images
    images

    कोलकाताको चोरबागान दुर्गा पूजा पण्डालमा भएको घटनामा कोलकाता मेडिकल कलेजका स्रोतले भने २० जनाको मृत्यु र ४५ जनाभन्दा बढी घाइते भएको दाबी गरेका छन् । मृतक तथा घाइतेको सङ्ख्याबारे फरक विवरण सार्वजनिक भएका छन् ।

    images
    images
    images

    कोलकाता प्रहरीका अनुसार शनिबार साँझ वर्षा भएपछि पानीबाट जोगिन धेरै मानिस पण्डालभित्र बसेका थिए । साँझ बाहिर रहेका मानिसले पनि भित्र प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको थियो । त्यसपछि भागदौड मच्चिएको बताइएको छ ।

    images
    images
    images

    घटनापछि पण्डालका बत्ती निभाएर मानिसको प्रवेश रोकिएको थियो । सुरक्षाका कारण सहरका अन्य केही दुर्गा पूजा पण्डालसमेत बन्द गराइएको विवरणमा उल्लेख छ ।

    कोलकातामा दुर्गा पूजा मनाउन करिब ३ हजार ५०० पण्डाल निर्माण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूजा पण्डालमा भागदौड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।