Logo

२०८३, कार्तिक ३गते


images
images

वर्षाले भारत र वेस्ट इन्डिजबीचको पाँचौँ टी–२० रद्ध, सिरिज बराबरीमा टुंगियो

वर्षाले भारत र वेस्ट इन्डिजबीचको पाँचौँ टी–२० रद्ध, सिरिज बराबरीमा टुंगियो

images
  • वर्षाले भारत र वेस्ट इन्डिजबीचको पाँचौँ टी–२० रद्ध, सिरिज बराबरीमा टुंगियो
    images
    images

    काठमाडौँ । भारत र वेस्ट इन्डिजबीचको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल वर्षाका कारण रद्द भएको छ । भारतको बेङ्गलुरुस्थित एम चिन्नास्वामी रङ्गशालामा लगातार वर्षा भएपछि पाँच खेलको सिरिजको निर्णायक खेल हुन नसकेको हो ।

    images
    images
    images

    वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । वर्षा रोकिएपछि मैदानको उत्कृष्ट पानी निकास व्यवस्थाका कारण खेल नौ ओभरमा झारेर सुरु गरिएको थियो । तर, ७.४ ओभरको खेलपछि पुनः वर्षा भएपछि खेल अघि बढ्न सकेन ।

    images
    images
    images

    छोटो अवधिको खेलमा भारतले पाँच विकेट गुमाएर ११८ रन बनाएको थियो । पाँच ओभरको खेल सम्भव भएको भए वेस्ट इन्डिजले डकवर्थ–लुइस–स्टर्न पद्धतिअनुसार ८४ रनको लक्ष्य पाउने थियो । तर, वर्षा नरोकिएपछि खेल रद्द गर्नुपर्‍यो ।

    images
    images
    images

    यस नतिजासँगै भारतको घरेलु मैदानमा लगातार १२ टी–२० सिरिज जित्ने क्रम टुङ्गिएको छ । भारत र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिज भने भारतले २–१ ले जितेको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।