काठमाडौं । इलोन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने निर्णयबाट पछि हटेका छन् । उनले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्न लागेको बीबीसीले जनाएको छ ।
मस्कले गएको अप्रिलमा ट्वीटर किन्ने निर्णय गरेका थिए । तर ट्वीटरले स्पाम र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको उनको तर्क छ ।
यता ट्विटरले भने सम्झौता कार्यान्वयन गर्न कानुनी प्रक्रियामा जाने योजना रहेको जनाएको छ ।
ट्वीटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागू गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि मुद्दा नै दायर गर्ने बताउएका हुन् ।
सम्झौताको उल्लङ्घन गरेबापत मस्कले १ अर्ब र सम्भावित मुद्दाको सामना गर्नुपर्ने हुन सक्ने खबरमा उल्लेख छ ।
प्रारम्भिक खरिद सम्झौतामा त्यसलाई तोड्नुपर्ने अवस्थामा १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो । विश्वका सबैभन्दा धनी मस्क रकेट कम्पनी स्पेस एक्स र विद्युतीय कार कम्पनी टेस्लाका मालिक हुनुहुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology