देवदह । नेकपा एमाले रुपन्देही क्षेत्र नं १ को बैठक सम्पन्न भएको छ । बुधबार देवदहको ढिकावरमा भएको बैठकले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा गर्दै असार मसान्तसम्म पार्टी सदस्यता नविकरण र मतदाता नामावली संकलन कार्यमा लाग्न पालिका कमिटी र शाखा कमिटीहरुलाई जिम्मेवारी दिने निर्णय गरेको जनाईएको छ ।
क्षेत्रीय संयोजक वेद गिरीको अध्यक्षता र एमाले रूपन्देही इन्चार्ज समेत रहेका पार्टी सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले गत निर्वाचनमा भएका कमजोरी सच्याउँदै प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको क्षेत्रीय सहसंयोजक प्रकाश अर्यालले बताए ।
बैठकमा पार्टी केन्द्रिय सदस्य शिवराज सुवेदी, केन्द्रीय सल्लाहकार परिषद सदस्य डोलराज चापागाईं , बुद्धि सागर भट्टराई र जिल्ला अध्यक्ष तेजेन्द्र केसी, लुम्बिनी प्रदेश कमिटी सदस्यहरु कविराम अर्याल, ध्रुव प्रसाद खरेल, कृष्णप्रसाद नेपाल, हिरा केवट निषाद, विद्यालक्ष्मी गुरुङ र कृष्णप्रसाद पौडेल तथा जिल्ला कमिटी सदस्यहरु हिमाल पाण्डे र प्रजापति सापकोटा लगायत पालिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
बैठकले धानको बीउ रोप्ने समयमा पनि रासायनिक मल उपलब्ध नभएकोमा यथाशीघ्र मलखाद उपलब्ध गराउन सरकारसंग माग गर्ने निर्णय समेत गरेको एमालेले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology