धरान । धरान उपमहानगरका मेयर हर्क साङ्पाङले धरानमा विद्यार्थीमाथि कुटपिट गरिए कालोमोसो दलेर शहर घुमाईने बताएका छन् ।
सामाजिक संजालमा भाइरल भएको एक बच्चालाई निर्घात कुटिएको भिडियो हेरेपछि दु:ख लागेको उल्लेख गर्दै उनले धरानमा त्यस्तो घटना घटे शिक्षकलाई कालोमोसो दलेर शहर घुमाईन र जेल हालिने बताएका हुन् ।
सामाजिक संजालमा लेख्दै साङपाङले बिहानैदेखि शिक्षकले विद्यार्थीलाई निर्घात कुट्पिट गरेको भिडियोले दिमाग बिगारिरहेको बताएका छन् ।
धरानमा त्यसप्रकारको घटना नघटोस् भन्दै उनले चेतावनी दिएका छन् ।
यस्तो छ मेयर साङ्पाङको स्टाटस :
"आज एका बिहानै देखि शिक्षकले विद्यार्थीलाई निर्घात कुट्पिट गरेको भिडियोले दिमाग बिगारिराछ ! धरानमा यो खाले घटना नघटोस् ! यदी घटेमा सम्बन्धित शिक्षकलाई जेल हाल्ने त पक्का छ त्यो भन्दा पहिले मसो दलेर शहर घुमाइनेछ !"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology