Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता

images
  • सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता
    images
    images

    काठमाडौँ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहेका सभामुख डोलप्रसाद (डीपी) अर्यालले अष्ट्रेलियाली संसद्का समकक्षीसँग शिष्टाचार भेट गरेका छन्।

    images
    images
    images

    भेटमा नेपाल-अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य तथा जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । सभामुख अर्यालले भोटेकोसी बाढीपछि अष्ट्रेलियाले गरेको मानवीय सहायता र खोज तथा उद्धार सहयोगप्रति धन्यवाद व्यक्त गरे।

    images
    images
    images

    उनले जलवायु परिवर्तनबाट नेपाललगायत हिमाली मुलुक प्रभावित भइरहेको उल्लेख गर्दै यस विषयमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा व्यक्त गरेका थिए ।

    images
    images
    images

    सभामुख अर्यालले नेपाल-अष्ट्रेलिया संसदीय मैत्री समूह, सांसदबीच अनुभव आदानप्रदान तथा संसदीय कूटनीतिमार्फत सम्बन्ध थप सुदृढ गर्न सकिने बताए। साथै पर्यटन, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारका लागि प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्न सहकार्यको आग्रह गरे।

    अष्ट्रेलियाली समकक्षीले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभामुख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।