गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले सेवाग्राहीकाे कामलाई पाँच मिनेट भन्दा बढि नरोक्न निर्देशन दिएका छन।
बढि राेकिने र एउटै कामले पटक पटक नगरपालिका धाउँन सेवाग्राहीलाई झनझटिलाे हुन नदिन नगरपालिका सम्पुर्ण शाखा प्रमुखलाई नगरपालिकाका प्रमुख पन्थीले निर्देशन दिएका छन।
पन्थीले नगरकाे भाैतिक विकास आर्थिक विकास संगै यहाँका हरेक सुशासनका कुरा हरेक बिषयमा पारदर्शी ढङ्गले अगाडि बढ्न निर्देशन दिएका छन् ।
सेवाग्राहीका कामलाई झनझटिलाे नहुने गरि सहज तरिकाले पाँच मिनेटमै सकिने गरि अगाडि बढन पन्थीले निर्देशन दिएका हुन ।
पन्थीले कर्मचारीलेलाई निर्देशन दिदै भने "सेवाग्राहीले गुनासो नराख्ने गरि काम गराैं काम गर्न सहज र छरिताे कसरी हुन्छ त्यसलाई पनि अपनत्व हुने गरि" लाग्न निर्देशन दिएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology