गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ। लुम्बिनी प्रदेश प्रतिष्ठानको आयोजना तथा डेक नेपालको सहजीकरणमा सोमबार रेसुङ्गा नगरपालिका गुल्मीको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो।
सार्वजनिक सुनुवाइमा उपस्थित नगरबासिहरुले आफ्ना जिज्ञासा जनप्रतिनिधि कर्मचारी र सम्बन्धित शाखाका प्रमुखहरुलाइ राखेका थिए। 
सार्वजनिक सुनुवाइमा नगरप्रमुख खिल्ध्वज पन्थीले नगरको विकास ,सुशासन,भ्रष्टाचार र अनियमितताकाे बारेमा हरेक जनता बाेल्न पाउँने अधिकार लाेकतन्त्रमा भएकाले आफ्नो जिज्ञासाहरु हरेक समय राख्न नगरवासिलाई अनुराेध गरेका छन ।
जनताका सुझाव सल्लाह र जिज्ञासा अनुसार नगर अगाडि बढ्ने उनले बताए।
कार्यक्रममा नेपाल नेत्र ज्याेति संघ गुल्मीका अध्यक्ष शेर बहादुर थापाले बर्खाकाे समय भएकाले प्राकृतिक रुपमा घट्न सक्ने बाढि पहिराे र विभिन्न प्रकाेपकाे बारे नगरपालिकाले पुर्ब तयारी गर्न आग्रह गरेका थिए।
कार्यक्रममा उपस्थिति नगरवासिले नगरकाे विकासमा एक भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा ,उपप्रमुख अमृता देवि कुँवर प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायत १४ वटा वडाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार,नागरिक समाजकाे उपस्थितिमा गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology