Logo

२०८३, आश्विन १८गते


images
images

एआईको बढ्दो प्रयोगले चीनमा सामाजिक चिन्ता बढायो

एआईको बढ्दो प्रयोगले चीनमा सामाजिक चिन्ता बढायो

images
  • एआईको बढ्दो प्रयोगले चीनमा सामाजिक चिन्ता बढायो
    images
    images

    काठमाडौं । कृत्रिम बुद्धिमत्ताको विश्वव्यापी प्रतिस्पर्धामा अमेरिकालाई उछिन्ने लक्ष्यसहित अघि बढिरहेको चीनमा एआईको अत्यधिक प्रयोग नयाँ चुनौतीका रूपमा देखिन थालेको छ । 

    images
    images
    images

    खेतीपातीदेखि बालबालिकाको हेरचाह, मनोरञ्जन र भर्चुअल सम्बन्धसम्म एआईमा निर्भरता बढेपछि यसले सामाजिक सम्बन्ध र मानिसको सोच्ने क्षमतामा असर पार्न सक्ने चिन्ता बढेको छ ।

    images
    images
    images

    चिनियाँ सरकारले एआईको प्रयोग र दुरुपयोगलाई लिएर कडा नियम तथा न्यायिक निर्देशिका लागू गर्न थालेको छ । बालबालिकामा एआईको बढ्दो निर्भरतालाई ध्यानमा राख्दै बाइटडान्सको एआई सहायक ‘दौबाओ’मा नाबालिगसँग भर्चुअल सम्बन्ध बनाउने सुविधा बन्द गरिएको छ ।

    images
    images
    images

    एआईको गलत सुझावका कारण क्षति भएको घटनासमेत सार्वजनिक भएका छन् । पूर्वी अनहुई प्रान्तका ६७ वर्षीय किसान वूले एआई च्याटबटको सुझावअनुसार खेतमा खरपतवारनाशक प्रयोग गर्दा करिब २५ एकड तिलको बाली नष्ट भएको बताइएको छ ।

    ‘चाइना युथ एन्ड चिल्ड्रन्स रिसर्च सेन्टर’ले ८ हजार ५ सयभन्दा बढी नाबालिगमा गरेको सर्वेक्षणमा २० प्रतिशतभन्दा बढी बालबालिकाले मानिससँग भन्दा एआईसँग कुराकानी गर्न चाहेको देखिएको छ । केही बालबालिका एआई च्याटबटमा यति निर्भर भएको पाइएको छ कि उनीहरूले आफ्ना अभिभावकले पनि एआईजस्तै सधैँ मीठो र आफूअनुकूल भाषा प्रयोग गर्नुपर्ने अपेक्षा गर्न थालेका छन् ।

    एआईमा अत्यधिक निर्भरतासँग सम्बन्धित अन्य घटनाले पनि चिन्ता बढाएको छ । एआईबाट पहिचान गरिएको जानकारीमा विश्वास गरेर विषालु जंगली च्याउ खाँदा मानिस बिरामी परेको, एक बालक आठ दिनसम्म सघन उपचार कक्षमा भर्ना भएको तथा एआईको निर्देशनका आधारमा आवश्यक सामग्रीबिनै पहाड चढेका एक पदयात्री अगस्टमा पहाडमै फसेपछि उद्धार गरिएको घटना उल्लेख गरिएको छ ।

    यसैगरी, मानवीय कलाकार, क्यामेरा र चलचित्र टोलीबिनै छोटो समयमा एआईको प्रयोगबाट कार्यक्रम तथा सामग्री निर्माण गर्ने क्रम बढेको छ। यस्ता सामग्रीमध्ये ठूलो हिस्सा एआईबाटै तयार हुन थालेपछि रोजगारी र सामाजिक संरचनामा पर्न सक्ने प्रभावबारे पनि चिन्ता व्यक्त हुन थालेको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीले एआईको बढ्दो प्रयोगसँगै उत्पन्न सामाजिक चुनौतीप्रति चासो देखाएको छ । पार्टीको आधिकारिक मुखपत्र ‘पिपुल्स डेली’ले कृषि र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा आधिकारिक स्रोतबाट प्रमाणित एआई तथ्यांक तथा सूचनामात्र प्रयोग गर्नुपर्ने चेतावनी दिएको छ । साथै, एआईले दिएको सुझावलाई आँखै चिम्लेर पछ्याउनुको सट्टा मानिसले तार्किक सोच र आफ्नै निर्णय क्षमताको प्रयोग गर्नुपर्नेमा जोड दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृत्रिम बुद्धिमत्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।