Logo

२०८३, आश्विन १८गते


images
images

यस्तो छ काँग्रेस महाधिवेशनमा पार्किङको व्यवस्था

यस्तो छ काँग्रेस महाधिवेशनमा पार्किङको व्यवस्था

images
  • यस्तो छ काँग्रेस महाधिवेशनमा पार्किङको व्यवस्था
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको आजदेखि काठमाडौंमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।

    images
    images
    images

    कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।

    images
    images
    images

    संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले जानकारी दिएका छन् ।

    images
    images
    images

    कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म चल्ने छ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत ७५ सयभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।

    महाधिवेशनको उद्घाटन आज आपरहन्न काठमाडौँको खुलामञ्चमा हुनेछ । असोज १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । निर्वाचन राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा हुने जानकारी दिइएको छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।