Logo

२०८३, आश्विन १७गते


images
images

कांग्रेस रुपन्देही–१ का महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक

कांग्रेस रुपन्देही–१ का महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक

images
  • कांग्रेस रुपन्देही–१ का महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक
    images
    images

    देवदह । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक भएको छ ।

    images
    images
    images

    क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि ८१ जनाले उम्मेदवारी दिएका थिए । विभिन्न क्लस्टरबाट चयन हुने प्रतिनिधिमध्ये ८ जना यसअघि नै निर्विरोध भएका थिए भने बाँकी पदका लागि निर्वाचन भएको थियो ।

    images
    images
    images

    अन्तिम मतपरिणामअनुसार युवा महिलातर्फ डा. सुमित्रा पराजुली ४०८ मतसहित विजयी भएकी छन् । युवातर्फ विजय गुरुङ २२६ र चिरञ्जीवी बस्याल २०२ मतसहित निर्वाचित भएका छन् । प्रजातन्त्र सेनानीतर्फ शक्ति प्रसन्न गिरी २३९ मतसहित विजयी भएका छन् । महिलातर्फ लच्छु न्यौपाने ४४४, भगवती गैरे ३७३, पार्वती न्यौपाने २८९ र भगवती बस्याल २८९ मतसहित निर्वाचित भएका छन् ।

    images
    images
    images

    प्रत्यक्षतर्फ हिराबहादुर खत्री ६१४, अब्दुल रज्जाक गद्दी ५७५, हरिप्रसाद काफ्ले ४०९, हरि न्यौपाने ३९६, बासुदेव रिमाल ३८४, विश्वनाथ यादव ३८३, हरिलाल पाण्डे २९२, झविलाल भुसाल २७१, विष्णुबहादुर रायमाझी २५४ र बिनोद न्यौपाने २५२ मतसहित निर्वाचित भएका छन् ।

    आदिवासी जनजाति महिलातर्फ५१६ मतसहित सरिता कुमारी चौधरी र आदिवासी जनजाति पुरुषतर्फ टिकाबहादुर श्रेष्ठ २४५ मतसहित निर्वाचित भएका छन् ।

    खसआर्यतर्फ नवीनराज आचार्य ४८५ र मदनप्रसाद पोखरेल ४३० मतसहित विजयी भएका छन् । मधेसीतर्फ राधेश्याम चौधरी ३४६ तथा मुस्लिमतर्फ युनिस अलि फकिर ३६५ मतसहित निर्वाचित भएका छन् ।

    यसअघि सम्पन्न क्षेत्रीय अधिवेशनबाट यकबहादुर सुनार सभापतिमा निर्वाचित भएका थिए । ८१५ मत गणना हुँदा सुनारले ५१६ मत प्राप्त गरेका थिए । सचिवमा नेमराज न्यौपाने ‘राजेन्द्र’ तथा सहसचिवमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका थिए ।  रुपन्देही क्षेत्र नम्बर १ मा क्षेत्रीय अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पूरा भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।