Logo

२०८३, आश्विन ९गते


images
images

कांग्रेसका ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न

कांग्रेसका ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न

images
  • कांग्रेसका ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

    images
    images
    images

    कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया आजदेखि सुरु भएको हो । वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको कांग्रेसले जनाएको छ ।

    images
    images
    images

    कांग्रेसका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा अधिवेशन सम्पन्न भएको हो ।

    images
    images
    images

    केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेकका ३१ जिल्लामा वडा अधिवेशन आइतबार पनि जारी रहने कांग्रेसले जनाएको छ ।

    कांग्रेसको संशोधित निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गतेका लागि तय गरिएको छ । वडा अधिवेशनपछि गाउँ तथा नगरपालिकाको अधिवेशन असोज ७ गते, प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यक्रम छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।