Logo

२०८३, आश्विन १८गते


images
images

इरानका दुई कूटनीतिज्ञलाई देश छोड्न अमेरिकाको निर्देशन

इरानका दुई कूटनीतिज्ञलाई देश छोड्न अमेरिकाको निर्देशन

images
  • इरानका दुई कूटनीतिज्ञलाई देश छोड्न अमेरिकाको निर्देशन
    images
    images

    काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानका दुई कूटनीतिज्ञलाई देश छाड्न लगाएको छ । महासभा सकिएपछि पनि उनीहरू न्युयोर्कमै बसेपछि अमेरिकी विदेश मन्त्रालयले इरानी नियोगलाई दुवैलाई तत्काल अमेरिका छाड्न निर्देशन दिएको थियो ।

    images
    images
    images

    अमेरिकी अधिकारीका अनुसार महासभामा सहभागी इरानी प्रतिनिधिमण्डलका अधिकांश सदस्य अमेरिका छाडेर गएका थिए । तर दुई कूटनीतिज्ञ न्युयोर्कमै बसेपछि शुक्रबार इरानी नियोगलाई उनीहरू अझै अमेरिकामै रहेको जानकारी गराइएको थियो । त्यसपछि एक कूटनीतिज्ञ शुक्रबार राति र अर्का शनिबार बिहान न्युयोर्कबाट बाहिरिएका थिए ।

    images
    images
    images

    यसअघि इरानी राष्ट्रपति मसुद पजशकियान पनि अमेरिका र इरानबीच युद्ध चलिरहेका बेला संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका थिए । उनले सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्दै अमेरिका र इजरायलमाथि आरोप लगाएका थिए । इरानले आणविक हतियार नचाहेको तर शान्तिपूर्ण आणविक प्रविधि प्रयोग गर्ने अधिकार नछाड्ने उनको भनाइ थियो ।

    images
    images
    images

    महासभाका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानी प्रतिनिधिमण्डललाई इन्टरनेट प्रयोगका लागि ‘स्टारलिंक’ उपकरण दिने प्रस्तावसमेत गरेका थिए । तर इरानी अधिकारीले उक्त उपकरण लिन अस्वीकार गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संयुक्त राष्ट्रसंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।