Logo

२०८३, आश्विन १८गते


images
images

जितिया पर्वको पौराणिक प्रसङ्ग

जितिया पर्वको पौराणिक प्रसङ्ग

images
  • जितिया पर्वको पौराणिक प्रसङ्ग
    images
    images

    काठमाडौँ । जितिया पर्वमा आश्विन कृष्ण सप्तमी तिथिका दिन वर्तालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु हुन्छ । नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ ।

    images
    images
    images

    सप्तमी तिथिको उत्तरार्धमा वर्तालु महिला ओङ्गठन गर्ने गरिन्छ । वर्त बस्नुअघि रात्रिको समयमा दही, च्यूरा, मिठाइलगायतका सामग्री भोजनको रुपमा ग्रहण गरिन्छ । त्यसलाई ‘ओङ्गठन’ भनिएको हो । ओङ्गठनको समयमा परिवारका सम्पूर्ण सदस्यले भोजन गर्ने चलन पनि रहेको छ ।

    images
    images
    images

    तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

    images
    images
    images

    सप्तमी तिथिमा जलाशयमा स्नान गरी सूर्यदेवलाई जल अर्पन गरेर पर्वको सङ्कल्प लिने गरिन्छ र सोही दिन वर्तालु महिलाले कोदोको रोटी र माछा खाने गरिन्छ, भने विधवाले अरुवा–अरुवाइन खाने गर्छन् । यसअघि, वर्तालुले नजिकैको पोखरीमा स्नान गरी घिरौंलाको पातमा पीना र तेल राखेर जिमुतवाहन देउतालाई अर्पन गर्छन् । यसका साथै पर्वको सङ्कल्प पनि गर्छन् ।

    पितृ पक्षमा यो पर्व मनाइने गरिएकाले मैथिल ब्राह्मणी वर्तालुले आ–आफ्ना दिवङ्गत सासू र आमाको मोक्षका लागि सप्तमी तिथिमै अन्य गोत्रकी ब्राह्मणीलाई निम्तो दिएर अनिवार्य रुपमा भोजन गराउने नियम छ । भोजन गर्ने महिलालाई ‘पितराइन’ भन्ने गरिन्छ ।

    किन गरिन्छ कठोर व्रत ?  

    सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीघार्युका लागि माता जिर्मूतवाहन देउताको कठोर उपवास गर्ने गरिएको हो । यस सम्बन्धमा भविष्य पुराणमा अराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन वर्त वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुदैन् भनि राख्नुभएको जिज्ञासामा महादेवले जिर्मूतवाहनको नियम निष्ठाका साथ वर्त बसेको खण्डमा सन्तानको अकाल मृत्यु नहुने भनी बताए ।

    यसका लागि कुशको जिर्मूतवाहनको मूर्ति बनाएर कलशमा स्थापना गर्नुपर्छ । त्यसपछि, आफ्नै आगनमा सानो पोखरीको आकृति निर्माण गरेर सोको डिलमा पाकरी रुखको हाँगा गाडेर सो हाँगामा चिल र स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगोचर निको हुने र अकाल मृत्युबाट जोगिने भनेर महादेवले पार्वतीलाई सुनाए ।

    को हुन जिमूतवाहन ?

    भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिमूतवाहनमाथि महादेवको असिम कृपा थियो । महादेवले नै जिर्मूतवाहनलाई बरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउनका लागि जितिया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ ।

    हिन्दूधर्ममा विभिन्न जनाबर र चराको विशेष महत्व दिएर पूजापाठ गर्ने परम्परा छ । गाई, परेवा, काग, कुकुर, हाँस, बाघ र मुसो लगायतको पूजा गरिन्छ भने यस पर्वमा स्यालनी र चिलको पूजा गर्ने गरिएको हो ।

    वर्त बसेको दिनमा वर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पन गर्छन् । त्यसपछि, घर पुगेर डाली (टोकरी) भर्ने नियम रहेको छ । सो डालीमा फलफूल, मिठाइ र नरिवल राखेर नयाँ बस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ । पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसादको रुपमा ग्रहण गरिन्छ ।

    उपवासको दिन वर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ । कथा श्रवण गरेर घर फर्केपछि आगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिर्मूतवाहनको पूजा गर्छन् ।

    जितिया पर्वको कथा

    भविष्यपुराणमा वर्णन गरिएअनुसार, कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा एक पाकरीको रुख थियो । सो रुखको फेदमा स्यालनी र हाँगामा चिल बस्थे । दुइटैकोबीच घनिष्ट मित्रता थियो । एक दिन जितिया पर्व मनाउने वर्तालु नर्मदा नदीमा स्नान गरी सोही रुखमुनि बसेर जितिया पर्वको कथावाचन गरेका थिए ।

    पर्वको महत्वको सम्बन्धमा सुनेर स्यालनी र चीलले जितिया पर्व मनाउनका लागि उपवासमा बस्ने निर्णय गरे । सोही रात नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकको आफन्त शवको अधिकांश भाग जलेपछि, घर फर्के । स्यालनीलाई मृतकको मासु खाने इच्छा भयो । चीललाई थाहै नदिइ स्यालनीले मासु खाए र केही लुकाएर पनि राखे । यी घटना चीलले हेरिरहेको थियो । स्यालनी र चीलको मृत्यु भएपछि दुबैको भाष्कर नामक ब्राह्मणको घरमा कन्याको रुपमा जन्म भयो । चिलको शीलावती र स्यालनीको कर्पुरावतीको रुपमा जन्मभयो ।

    जेठी शीलावतीको धनवानको घरमा र कर्पुरावतीको राजपरिवारमा विवाह भयो । जेठी शीलावतीलाई सात छोरा भयो तर, कान्छी कर्पुरावतीलाई छोरा भए पनि क्रमिक रुपमा मृत्युवरण गर्दै गयो ।

    सोही कारणले कर्पुरावतीको जेठी शीलावतीसँग सम्बन्ध चिसिँदै गयो । केही समयपछि, जेठी शीलावतीले पूर्वजन्मको घटना कर्पुरावतीलाई सुनाउँदै वर्त भङ्ग गरेको कारणले छोरा जीवित नरहेको जानकारी गराइन् । सोही कारणले यो पर्व मनाउने बाचुञ्जेलसम्म पर्व खण्डित नहुने गरी नियमनिष्ठाका साथ मनाउने गर्छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जितिया पर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।