काठमाडौं । भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते बुधबार निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले निर्वाचन मिति र समयका बारे जानकारी गराएका हुन् ।
हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते दिउँसो २ बजे निर्वाचन हुने सभामुख अर्यालले जानकारी दिए ।
असोज ५ गते बसेको संसद बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । 'हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धि संसदीय विशेष समिति' नाम दिइएको समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गा देवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कंडेल, मोहन आचार्य, मिग्मा ग्याबू शेर्मा , रमेश मल्ल, रविन्द्र पटेल, सरस्वति लामा, सुजाता तामाङ र सीता थपलिया रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology