सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आगामी शनिवारसम्म भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेकोले सतर्क रहन चेतावनी जारी गरेको छ ।
प्रशासन कार्यालयले चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रलाई जोखिमयुक्त क्षेत्र मानेको छ ।
कार्यालयले भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/ सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी वरपर तथा तटिय क्षेत्रमा बसोबास गर्ने सबैले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology