Logo

२०८३, श्रावण २७गते


images
images

पाडा हस्तान्तरण गर्दै नगरप्रमुख पन्थीले भने, 'समुन्नत रेसुङ्गाको मुख्य आधार कृषि र पशुपालन'

पाडा हस्तान्तरण गर्दै नगरप्रमुख पन्थीले भने, 'समुन्नत रेसुङ्गाको मुख्य आधार कृषि र पशुपालन'

images
  • पाडा हस्तान्तरण गर्दै नगरप्रमुख पन्थीले भने, 'समुन्नत रेसुङ्गाको मुख्य आधार कृषि र पशुपालन'
    images
    images

    अनिष पन्थी, गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्ध्वज पन्थीले समुन्नत रेसुङ्गा नगरपालिकाको मुख्य आधार कृषि र पशुपालन भएको बताएका छन । रेसुङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा पाडा प्रवर्द्धन मासु मिसन कार्यक्रमको लागि उन्नत पाडा  हस्तान्तरण गर्दै नगरप्रमुख पन्थीले यस्तो बताएका हुन।

    images
    images
    images

    हस्तान्तरण कार्यक्रम बोल्दै नगरप्रमुख पन्थीले यो कार्यक्रम कृषकको लागि महत्त्वपूर्ण भएको बताए। नगरप्रमुख पन्थीले भने 'हामीले परिकल्पना गरेको समुन्नत नगरपालिकाको मुख्य आधार नै कृषि र पशुपालन भएकाले  आर्थिक बर्ष २०७९/८० को निति तथा  कार्यक्रममा पनि कृषि पशुपालनलाई महत्त्व दिएको बताए।

    images
    images
    images

    रोजगारी भनेकै यस्तै कार्यक्रम रहेको बताउदै पन्थीले 
    हामी ले रोजगारी भनेर जागीर नै खोज्छौ तर बेरोजगार हटाउन महत्त्वपूर्ण कृषि र पशुपालन मुख्य आधार भएको बताए।

    images
    images
    images

    नगरप्रमुख पन्थीले कृषकलाइ निर्धकक भएर काम गर्न् आग्रह गर्दै साथमा नगरपालिका भएको बताए।काम गर्न खोज्ने कृषकलाइ पाँच बर्ष सम्म व्याज नै तिर्न नपर्ने गरि  ऋण दिएर कृषकलाइ उत्साहित बनाउने बताए।

    रेसुङ्गा नगरपालिका वडा नम्बर ११ मा तील बहादु बुचा र वडा नम्बर १२ मा नेत्र बस्नेलाई उन्नत जातका पाडा हस्तान्तरण गरिएको हो। कपिलवस्तुबाट ५० वटा पाडा खरिद गरि ल्याइएको नगरपालिकाका पशु शाखा प्रमुख रुमाखर मरासिनीले जानकारी दिए।

    कृषकलाइ पाडा प्रवर्द्धन मासु मिसन कार्यक्रमको लागि २०लाख ४४ हजार छुटाइएको हो। वडा  नम्बर ११ मा २५ र १२ मा २५ वटाका दरले पाडा हस्तान्तरण गरिएको मरासिनीले बताए।

    हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख पन्थी सहित उपप्रमुख अमृता कुँवर,वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थी,वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डे,वडा नम्बर १० का वडाध्यक्ष एवं नगरपालिकाका आर्थिक बिकास संयोजक राम बहादुर बस्नेत,वडा नम्बर ११ का वडाध्यक्ष खुम बहादुर राना,वडा नम्बर १२ का वडाध्यक्ष चेहरसिह टन्डन,नगरपालिकाका पशु शाखा प्रमुख रुमाखर मरासिनी, कृषि शाखा प्रमुख हरि शरण पन्थी लगायतको उपस्थित रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।