Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधि सभा

सांसद श्रद्धा कुँवरको प्रश्न- युवाका माग सम्बोधन गर्न किन ढिला भयो ?

सांसद श्रद्धा कुँवरको प्रश्न- युवाका माग सम्बोधन गर्न किन ढिला भयो ?

images
  • सांसद श्रद्धा कुँवरको प्रश्न- युवाका माग सम्बोधन गर्न किन ढिला भयो ?
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले जेनजी आन्दोलनका क्रममा उठेका युवाका मुद्दा तत्काल टुंग्याउन सरकारसँग माग गरेकी छन् ।

    images
    images
    images

    बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कुँवरले आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि युवाका माग सम्बोधन नभएको भन्दै किन ढिलाइ भइरहेको छ भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।

    images
    images
    images

    उनले भनिन्- 'असन्तोष एकै दिन जन्मिँदैन र परिवर्तनको चाहना पनि एकै दिन सडकमा आउदैन् । हामी सबैको आआफ्ना क्षमता र योगदान संघष होलान् । आज हामी जुन ठाउँमा छौँ । जुन आवाज लिएर यस सदनमा उभिएका छौँ । त्यसको दिन जेनजी आन्दोलन हो भन्ने कुरा हामीले बिर्सन हुदैन् ।’

    images
    images
    images

    उनले कानुन कार्यान्वयनमा समस्या भए सुधार गर्न र न्याय प्रक्रियामा ढिलाइ भएको भए त्यसलाई तत्काल सम्बोधन गर्न आग्रह गरिन् । आन्दोलनबाट प्रभावित परिवार अझै न्यायको प्रतीक्षामा रहेको भन्दै उनले चाडपर्वको समयमा पनि धेरै आमाहरू आफ्ना छोराछोरी घर फर्किने आशामा रहेको उल्लेख गरिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।