काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई प्रक्रिया अघि बढेको छ । बिहीबार बसेको समितिको बैठकले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेको प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।
प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिएका छन् ।
सुनुवाइका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिको नामबारे आम नागरिकलाई जानकारी गराउन तथा प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विधुतिय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कल्याणराज शर्मा, चीन , चिरनजंग थापा, संयुक्त राज्य अमेरिका, पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, बेलायत,५. जिग्यान कुमार थापा, जापान, सुरेशकुमार कर्ण, इजरायल, प्राप्ति शेरचन, स्पेन, सरू जोशी, जर्मनी, डा. पद्माक्षी राणा, ओमान, १०. चूडामणि खरेल, मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठ, दक्षिण कोरिया, डा. मंचल झा, श्रीलंका,. गिरीबहादुर सुनार साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको हो ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology