Logo

२०८३, आश्विन ९गते


images
images

आज विश्व गोरिल्ला दिवस

आज विश्व गोरिल्ला दिवस

images
  • आज विश्व गोरिल्ला दिवस
    images
    images

    काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर २४ मा विश्वभर विश्व गोरिल्ला दिवस मनाइन्छ । गोरिल्लाको संरक्षण र कल्याणमा काम गर्ने व्यक्ति तथा संस्थाहरूले यस दिन गोरिल्लाको अवस्था र उनीहरूमाथि रहेका जोखिमबारे जनचेतना फैलाउने काम गर्छन् ।

    images
    images
    images

    विश्व गोरिल्ला दिवस सन् २०१७ देखि मनाउन थालिएको हो । सेप्टेम्बर २४ लाई सन् १९६७ मा रुवान्डाको विरुंगा पर्वतमा प्राणीशास्त्री डियान फोसीले करिसोके अनुसन्धान केन्द्र स्थापना गरेको दिनको सम्झनामा रोजिएको हो । पहिलो विश्व गोरिल्ला दिवस करिसोकेको स्थापनाको ५०औँ वर्षसँगै मनाइएको थियो ।

    images
    images
    images

    गोरिल्ला मानिसभन्दा करिब १० गुणासम्म बलिया हुने र उनीहरूको टोकाइ सिंहको भन्दा करिब दुई गुणा शक्तिशाली हुने बताइन्छ । भाले गोरिल्लाले पोथीलाई आकर्षित गर्न र प्रतिद्वन्द्वीलाई तर्साउन छाती पिट्ने गर्छन्, जसको आवाज एक किलोमिटरसम्म सुनिन सक्छ । ‘सिल्भरब्याक’ कुनै छुट्टै प्रजाति नभई वयस्क भाले गोरिल्लालाई दिइने नाम हो ।

    images
    images
    images

    गोरिल्लाको संख्या बढ्न कठिन हुनुमा प्रजनन दर कम हुनु पनि एउटा कारण मानिएको छ । पहाडी गोरिल्ला भने संख्या बढिरहेको देखिएको एक मात्र ठूलो बाँदर प्रजाति भएको जनाइएको छ । प्राकृतिक बासस्थानमा हुने परिवर्तन, प्राकृतिक स्रोतमा बढ्दो मानवीय दबाब, जलवायु परिवर्तन र विदेशी पाल्तु जनावरको व्यापार गोरिल्लाका प्रमुख जोखिमका रूपमा रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व गोरिल्ला दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।