Logo

२०८३, आश्विन ९गते


images
images

बुद्धनगर सामुदायिक वनको २४ औ वार्षिक साधारण सभा

बुद्धनगर सामुदायिक वनको २४ औ वार्षिक साधारण सभा

images
  • बुद्धनगर सामुदायिक वनको २४ औ वार्षिक साधारण  सभा
    images
    images

    देवदह । देवदहस्थित बुद्धनगर सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा वन संरक्षणसँगै सामुदायिक वनलाई आयआर्जनसँग जोड्दै दिगो व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारीले देशभर सामुदायिक वनले राम्रो काम गरिरहेको बताए । उनले वनलाई संरक्षणसँगै आयआर्जनको माध्यमका रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा डिभिजन वन कार्यालयले काम गरिरहेको बताए ।

    images
    images
    images

    वनलाई वर्तमान पुस्ताका लागि मात्र नभई आगामी पुस्तासम्म संरक्षण गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले वनको दिगो व्यवस्थापन आवश्यक रहेको धारणा राखे ।

    images
    images
    images

    साधारणसभामा गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, शीतलनगर सबडिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पुष्पराज श्रेष्ठ, बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना, शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पौडेल, स्मृति सामुदायिक वनका अध्यक्ष भरत गुरुङलगायतको उपस्थिति रहेको थियो ।

    साधारणसभाले अध्यक्ष जीविलाल रेग्मीको अध्यक्षीय प्रतिवेदन र कोषाध्यक्ष पूर्णिमा गुरुङको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

    कार्यक्रमको अध्यक्षता सामुदायिक वनका अध्यक्ष जीविलाल रेग्मीले गरेका थिए । सचिव गङ्गा खरालले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष नरबहादुर मगरले स्वागत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।