Logo

२०८३, आश्विन ९गते


images
images

फेरी बढ्यो अण्डाको मुल्य

फेरी बढ्यो अण्डाको मुल्य

images
  • फेरी बढ्यो अण्डाको मुल्य
    images
    images

    काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य बढाएको छ ।

    images
    images
    images

    संघको असोज ६ गते काठमाडौंमा भएको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसअनुसार बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

    images
    images
    images

    संघका अनुसार एक्सल अन्डाको प्रतिक्रेट ६१५ तोकेको छ । ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पुगेको छ । यसअघि १९ भदौमा तोकिएको समर्थन मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६०५  र ठूलो अन्डाको ५९० रुपैयाँ थियो ।

    images
    images
    images

    संघले मिडियम, सानो अन्डा र उपभोक्ता मूल्य भने यथावत् राखेको छ । यसअघिको मूल्यमा मिडियम अन्डा प्रतिक्रेट ५५० रुपैयाँ छ भने सानो अन्डा ३ हजार २ सय पेटी समर्थन मूल्य तोकिएको छ । उपभोक्ता मूल्य प्रतिगोटा २५ र प्रतिदुईवटाको ४५ रुपैयाँ तोकेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।