Logo

२०८३, आश्विन ९गते


images
images

सन् २०२५ मा चीनको बाह्य प्रत्यक्ष लगानी ११.१ प्रतिशतले बढ्यो

सन् २०२५ मा चीनको बाह्य प्रत्यक्ष लगानी ११.१ प्रतिशतले बढ्यो

images
  • सन् २०२५ मा चीनको बाह्य प्रत्यक्ष लगानी ११.१ प्रतिशतले बढ्यो
    images
    images

    काठमाडौं । सन् २०२५ मा चीनको बाह्य प्रत्यक्ष लगानी ११.१ प्रतिशतले बढेर २१३ अर्ब ५८ करोड अमेरिकी डलर पुगेको छ । चीनको विदेशमा रहेको कुल लगानी ३४ खर्ब अमेरिकी डलर पुगेको छ भने विश्वको कुल बाह्य लगानीमा चीनको हिस्सा ७.४ प्रतिशत रहेको छ ।

    images
    images
    images

    चीनको बाह्य लगानी मुख्यतः व्यवसाय तथा भाडा सेवा, थोक तथा खुद्रा व्यापार, उत्पादन र वित्तीय क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ। पछिल्ला वर्षमा हरित तथा न्यून कार्बन क्षेत्र, डिजिटल अर्थतन्त्र र हरित खनिज स्रोतमा समेत चिनियाँ लगानी विस्तार हुँदै गएको छ ।

    images
    images
    images

    सन् २०२५ को अन्त्यसम्म चिनियाँ लगानीकर्ताले १८९ देश तथा क्षेत्रमा ५८ हजार विदेशी कम्पनी स्थापना गरेका छन् । ती कम्पनीमा २९ लाख ६५ हजार विदेशी नागरिक कार्यरत रहेको तथ्यांकमा उल्लेख छ ।

    images
    images
    images

    ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गतका देशमा पनि चिनियाँ लगानी बढेको छ । सन् २०२५ मा ती देशमा ४६ अर्ब ५ करोड अमेरिकी डलर प्रत्यक्ष लगानी गरिएको थियो, जुन चीनको कुल बाह्य प्रत्यक्ष लगानीको २१.६ प्रतिशत हो । ती देशमा करिब २२ हजार चिनियाँ कम्पनी स्थापना भएका छन् भने कुल लगानी ४०७ अर्ब २५ करोड अमेरिकी डलर पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।