Logo

२०८३, आश्विन ९गते


images
images

अनमोल र प्रिन्सीको ‘बाटुलो जून' भाइटीकाको भोलिबाट प्रदर्शनमा आउने

अनमोल र प्रिन्सीको ‘बाटुलो जून' भाइटीकाको भोलिबाट प्रदर्शनमा आउने

images
  • अनमोल र प्रिन्सीको ‘बाटुलो जून' भाइटीकाको भोलिबाट प्रदर्शनमा आउने
    images
    images

    काठमाडौँ । अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म  भाइटीकाको भोलिबाट प्रदर्शनमा आउने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै केसीले कात्तिक २६ गते (१२ नोभेम्बर) देखि फिल्म प्रदर्शनमा आउने जानकारी दिएका हुन् । यसअघि फिल्मलाई दसैंमा रिलिजको तयारी गरिएको थियो ।

    images
    images
    images

    केसीले फिल्मलाई दसैंमा रिलिज नगर्नुको कारणबारे जानकारी दिदै भनेका छन्- 'यसअघि दसैँको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दसैँमा अन्य चार फिल्म पनि प्रदर्शनमा आउने र थप अर्को फिल्म पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौँ ।’

    images
    images
    images

    फिल्मको सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा रोमान्टिक रुपमा ग्रामीण परिवेश देखिन्छन् ।

    images
    images
    images

    सानराइज पिम्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन् । विवेक थापा सह-निर्मातामा छन् । सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल र प्रिन्सीसहित भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटीलगायतको अभिनय छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।