Logo

२०८३, आश्विन ९गते


images
images

कालिकोटमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर

कालिकोटमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर

images
  • कालिकोटमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर
    images
    images

    काठमाडौं । कालिकोटमा सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको आरोपमा तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिरबहादुर बमसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

    images
    images
    images

    अनुसन्धानका क्रममा खाँडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको कित्ता नम्बर १७७२ तथा सरकारी प्रकृतिका कित्ता नम्बर ५७२ र ९२१ का जग्गा कानुनविपरीत विभिन्न व्यक्तिको नाममा दर्ता गरी भोगचलन तथा निजी स्वामित्व कायम गराएको देखिएको अख्तियारको आरोप छ। समितिले स्थलगत निरीक्षण नगरी तथा तोकिएको प्रक्रिया पूरा नगरी जग्गा सिफारिस गरेकोसमेत आरोपपत्रमा उल्लेख छ ।

    images
    images
    images

    अख्तियारले अध्यक्ष बम, आयोगका विज्ञ सदस्य रमेश नेपाली, सदस्य राजेन्द्रबहादुर थापा र मालपोत कार्यालय कालिकोटका तत्कालीन प्रमुख नेत्रबहादुर शाहीविरुद्ध जनही १ करोड ७६ लाख ८६ हजार ८ सय रुपैयाँ बिगो मागदाबी गरेको छ। यस्तै, तत्कालीन कार्यवाहक वडा अध्यक्ष भरतबहादुर शाहीविरुद्ध १ करोड ९४ हजार ४ सय रुपैयाँ तथा अन्य प्रतिवादीविरुद्धसमेत फरक–फरक बिगो मागदाबी गरिएको छ।

    images
    images
    images

    कित्ता नम्बर १७७२, ५७२ र ९२१ का जग्गा प्राप्त गर्ने अंखपुरा शाही, प्रदिपे दमाई र दिपबहादुर शाहीलाई मुख्य कसुरदारका मतियारका रूपमा कारबाही तथा जग्गा पूर्ववत कायम गरी सम्बन्धित सरकारी निकायको नाममा ल्याउन मागदाबी गरिएको छ। कित्ता नम्बर ९२१ का जग्गा खरिद गर्ने नरेन्द्रबहादुर थापाको हकमा उक्त जग्गा जफत गरी नेपाल सरकारको नाममा ल्याउन मागदाबी गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।