Logo

२०८३, कार्तिक २६गते


images
images

धान दिवस : गुल्मीमा जनप्रतिनिधि र कर्मचारी खेतमै पुगेर धान रोपे 

धान दिवस : गुल्मीमा जनप्रतिनिधि र कर्मचारी खेतमै पुगेर धान रोपे 

images
  • धान दिवस : गुल्मीमा जनप्रतिनिधि र कर्मचारी खेतमै पुगेर धान रोपे 
    images

    अनिष पन्थी, गुल्मी । गुल्मीमा "धान  बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग" भन्ने नारा सहित आज देशैभरी १९ औँ धान दिवस मनाइएको छ । सोही क्रममा गुल्मी जिल्लामा पनि धान दिवस मनाइएको छ ।

    images
    images
    images

    जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितिमा जिल्लाको इस्मा गाउँपालिका –६ चौरासी जाब्लुङमा आज औपचारिक कार्यक्रम मार्फत धान रोपियो । कृषिज्ञान केन्द्र र इस्मा गाउँपालिका गुल्मीको आयोजनामा घिमिरे तथा पशुपक्षीं धान पकेट संचालक समन्वय समितिको समन्वयमा १५ रोपनी खेतमा रोपाई गरिएको हो ।

    images
    images
    images

    असार १५ धान दिवसको अवसरमा  जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख एवम् पालिकाका प्रमुख, उपप्रमुख र कर्मचारीको सहभागीतामा  स्थानीय जातको हंशराज धान लगाइएको छ ।

    images
    images

    धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल, उपाध्यक्ष सीता गिरि, इस्मा गाउँपालिका अध्यक्ष भगत खड्का, उपाध्यक्ष पार्वती कुँवर, निवर्तमान उपाध्यक्ष बिमला खत्री, जिल्ला समन्वय समिति सदस्य बिरबहादुर कार्की, सुनिता जिसि कुँवरले खेतमै पुगेर कृषक सङ्गै धान रोपेका थिए।

    गुल्मीमा हालसम्म २२ प्रतिशत खेतमा धान रोपिएको छ । जिल्लाको इस्मा, धुर्कोट, मुसिकोट, कालिगण्डकी लगायतका क्षेत्रमा धान रोपाई भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।