Logo

२०८३, आश्विन ९गते


images
images

समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्तालाई रकम फिर्ता

समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्तालाई रकम फिर्ता

images
  • समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्तालाई रकम फिर्ता
    images
    images

    काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ ।

    images
    images
    images

    समितिका अनुसार गोर्खाका २५, गौतमश्रीको ६, शिव शिखरका १३, आइडियल यमुनाको ३,ओरिन्टल को अपरेटिभका ३ र कान्तीपुर सहकारीका २९  साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।

    images
    images
    images

    सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

    images
    images
    images

    पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । 

    समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी व्यवस्थापन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।