Logo

२०८३, आश्विन १०गते


images
images

भुमि आयोगद्वारा गुल्मीको मुसिकोटमा अन्तरक्रिया

भुमि आयोगद्वारा गुल्मीको मुसिकोटमा अन्तरक्रिया

images
  • भुमि आयोगद्वारा गुल्मीको मुसिकोटमा अन्तरक्रिया
    images
    images

    गुल्मी ।राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं अन्तरक्रिया गरेको छ।

    images
    images
    images


    भुमीहिन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गर्ने  विभिन्न प्रक्रियाका बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images
    images


    कार्यक्रमको सहजीकरण गर्दै राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीले भुमीहीन दलित र सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने,अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गराउने र भूमीहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई कृषिजन्य जमिन उपलब्ध गराउने गरी आयोगले जिल्लामा काम गरिरहेको बताए।

    images
    images
    images

     

    उनले अन्य जिल्लाका स्थानीय तहले समयमै विवरण बुझाएकाले लालपुर्जा वितरणको काम थालिसकेको भन्दै गुल्मीका स्थानीय तहले समयमै अनुसुची अनुसारको विवरण पठाउन नसक्दा लालपुर्जा वितरणको काममा ढिलाई भएको बताए। ठकुरीले स्थानीय तहले र वडाले गर्नुपर्ने काम जति सक्दो छिटो गर्न अनुरोध गर्दै छुटेका व्यक्तिहरुको लगत यही असार ३ गतेसम्म अनिवार्य रुपमा भर्न समेत आग्रह गरे।

     

    राष्ट्रिय भुमी आयोग गुल्मीको प्रारम्भिक तथ्याङ्क अनुसार मुसिकोट नगरपालिकामा ९० घरपरिवार भूमीहिन दलित,२७ घरपरिवार भुमिहीन सुकुम्बासी र २१५ घर परिवार अव्यवस्थित बसोबासी रहेका छन् । मुसिकोट नगरपालिकाले उनीहरुको विवरण पठाउँदा नाम मात्र पठाएको भन्दै ठकुरीले सम्पूणर् विवरण अनलाईनमा मार्फत भर्न आग्रह गरे।

     

    कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बर्षौँ देखि भूमीहिन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गर्ने भनिएपनि हुन नसकेको भन्दै नगरपालिकाले गर्नुपर्ने काम मध्ये सबैकामका लागि तैयार रहेको प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागीहरुले भूमीहीनलाई लालपुर्जा वितरण प्रक्रिया तथा अन्य विविध विषयमा जिज्ञासा राखेका थिए ।


    कार्यक्रममा मुसिकोट नगरपालिका उपप्रमुख गगां श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषाल,राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डे,सदस्य विर बहादुर गुरुङ,जिल्ला समन्वय समिति गुल्मीका सदस्य सावित्रा भण्डारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।


    कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु,विभिन्न शाखामा कार्यरत शाखा प्रमुख एवम् प्रतिनिधि कर्मचारी लगायत विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।


    कार्यक्रमको सञ्चालन नगरपालिकाका सुचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।