अनिष पन्थी, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ मा नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिहरुलाइ शुभकामना तथा धन्यवाद कार्यक्रम सम्पन्न गरिएको छ।
रेसुङ्गा होम्स्टे रेसुङ्गा नगरपालिका १३ को आयोजनामा उपल्लो भगारीमा आइतबार कार्यक्रम गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्ध्वज पन्थीले यस होम्स्टेबाट धेरै ठाउको अवलोकन गर्न सकिने भएकाले यो होम्स्टे आफैमा सुन्दर भएको बताए।
पर्यटनको निम्ति बजेटको व्यवस्था गर्ने ,होम्स्टेको भवनलाइ छिटोभन्दा छिटो पूरा गर्न बजेट पार्ने बताएका छन।यस होमस्टेमा आउने सडकलाइ पनि व्यवस्थित गरिने समेत नगरप्रमुख पन्थीले बताए।सबै जाती सबै धर्म लाइ समेटेर अगाडि बढन साथमा नगर रहको बताएका छन।
यस्तै रेसुङा नगरपालिकाका उपप्रमुख अमृता देवि कुवँरले यस होम्स्टेलाइ विशेष प्राथमिकता दिने बताइन।रैथाने वालिको परिकार प्रवर्द्धन गर्न होम्स्टे आवश्यक रहेको बताएकी छन।
होम्स्टे र यसै वडामा रहेको भुवानेपार्कको बिकास गर्न मुख्य मेरुदण्ड मोटरबाटो रहेकोले यसको चाडै नै निर्माण गरिने रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हुम बहादुर बस्नेतले जानकारी दिए।
कार्यक्रममा उपस्थित अतिथिहरुलाइ होम्स्टेमा बनेका विभिन्न परिकारहरु पनि खुवाइएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology