Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

उदयपुरमा ट्रक र यात्रुबाहक माइक्रोबस ठोक्किँदा १७ जना घाइते

उदयपुरमा ट्रक र यात्रुबाहक माइक्रोबस ठोक्किँदा १७ जना घाइते

images
  • उदयपुरमा ट्रक र यात्रुबाहक माइक्रोबस ठोक्किँदा १७ जना घाइते
    images
    images

    उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित सडकखण्डमा ट्रक र यात्रुबाहक माइक्रोबस ठोक्किँदा १७ जना घाइते भएका छन् ।

    images
    images
    images

    बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुबाहक माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा माइक्रोबसका चालक तथा सहचालकसहित १७ जना घाइते भएका छन्। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो ।

    images
    images
    images

    घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उदयपुर
  • # घाइते
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।