Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

बाँकेमा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते

बाँकेमा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते

images
  • बाँकेमा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते
    images
    images

    नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका-४ नहरखजुरा स्थित हुलाकी सडकखण्डमा विद्युतीय भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।

    images
    images
    images

    नेपालगन्जबाट बर्दियातर्फ जाँदै गरेको भे १ ज १७९९ नम्बरको विद्युतीय भ्यान र सोही दिशातर्फ गइरहेको भे ११ प ५०४३ नम्बरको मोटरसाइकल बाटो काट्ने क्रममा ठोक्किँदा भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनाका बेला भ्यानमा चालकसहित १५ जना सवार रहेका थिए। दुर्घटनामा भ्यानमा सवार ७ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त भ्यान घटनास्थलमै रहेको छ भने सडक दुवैतर्फ सञ्चालनमा रहेको छ ।

    घाइते हुनेमा भ्यान चालक बर्दियाको बढैयाताल गाउँपालिका-२ का २३ वर्षीय सोमबहादुर थापा क्षेत्री, मधुवन नगरपालिका-३ का ३५ वर्षीय रुद्रबहादुर सोमै मगर, राजापुर नगरपालिका-१० की २८ वर्षीया जगमानी चौधरी, मधुवन नगरपालिका-७ की २४ वर्षीया पुष्पा तामाङ, उनका २२ वर्षीय श्रीमान् अजय तामाङ, मधुवन नगरपालिका-३ की ३२ वर्षीया अस्मिता चौधरी तथा बैजनाथ गाउँपालिका-४ का २० वर्षीय बिमल सुनार रहेका छन् । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाँके
  • # घाइते
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।